२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच मंगलबार गृहजिल्ला झापामा छलफल भएको हो । उपसभापति शर्माका काका बितेको पाँचौं दिन समवेदना दिन पुगेका सिटौलासँग उनले १० मिनेटजति कुराकानी गरेका हुन् ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले दुई नेताबीच छलफलका क्रममा कैद गरिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
‘आज पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी उपसभापति विश्वप्रकाश शर्मा दुवै नेताका बीच झापामा वान टु वान वार्ता भएको छ,’ तस्बिरसहित उनले लेखेका छन् ।
कांग्रेसमा संस्थापन र इतर समूहबीचको विवाद चरमोत्कर्षमा पुगेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा भएको छलफलबारे केही खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4