+
+
Shares

अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्ममा डेब्यू गर्दै, साइन गरिन् ‘तीन तिघ्रे, क्या बिग्रे’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १४:४८

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म अभिनयमा डेब्यू गर्ने पक्का भएको छ । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएकी हुन् ।

निर्देशक सापकोटाले पारितोषिकालाई शीर्ष भूमिकामा अनुबन्धित गराइएको बताए । उनका अनुसार, सोमबार पारितोषिकासँग निर्माताको लिखित सम्झौता भएको छ ।

‘केही पहिले पारितोषिकाले अभिनय गरेको नाटक स्वर्णदेश हेरेपछि अन्जु पन्त दिदीसँग कुरा भएको थियो’ अमरदीपले अनलाइनखबरसँग भने, ‘हामीलाई फ्रेस फेस चाहिएको थियो । हामी आफैले अप्रोच गरेका हौं ।’

पारितोषिकाले केही समय मण्डला थिएटरमा अभिनय पनि सिकिरहेकी थिइन् । यो फिल्मबाट चर्चित गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्दैछन् ।

रघुनाथ सापकोटाले निर्माण गर्ने यो फिल्मको छायांकन २८ असारदेखि सुरु हुनेछ । कीर्तिपुर र काभ्रेको पनौतीमा फिल्म छायांकन हुने जनाइएको छ । यतिबेला यो फिल्मको प्रि-प्रोडक्सन कार्य चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?