News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फ्युचर फोरमले शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा नेपालको नीति र सम्भावनाबारे सम्मेलन आयोजना गर्ने भएको छ ।
- सम्मेलनमा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ र पत्रकार कनकमणि दीक्षितसहितका विज्ञहरूले नेपालको अर्थतन्त्र, प्रविधि र राजनीतिक भविष्यबारे विमर्श गर्नेछन् ।
४ असार, काठमाडौं । अभियन्ता एवं युवा नेता अब्दुस मिया नेतृत्वको नेपाल फ्युचर फोरमले काठमाडौंमा नेपालको नीति र सम्भावनाबारे सम्मेलन गर्ने भएको छ ।
भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको हलमा भोलि, शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने सम्मेलनमा नेपालको अर्थतन्त्र, लोकतन्त्र, प्रविधि लगायतबारे विमर्श गरिँदैछ। आयोजकका अनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठले आर्थिक सम्भावनाका दृष्टिले सन् २०३५ सम्मको नेपालबारे बोल्नेछन् ।
यसपछि प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्यबारे क्षितिज रिमाल, डा. दोवन राई, मनोज ग्यवाली र रोमकान्त पाण्डेयले विमर्श गर्नेछन्। पत्रकार कनकमणि दीक्षितले आउँदो दशकमा नेपालले गर्नुपर्ने एजेन्डाबारे बोल्नेछन् ।
संयोजक मियाका अनुसार राजनीतिक सम्वादमा रास्वपाका सुशान्त वैदिक, नेपाली कांग्रेसका सांसद निश्कल राई, नेकपा एमालेका सांसद क्षितिज थेबे र राप्रपाकी खुस्बु ओलीले विमर्श गर्नेछन् ।
अरू वक्ताहरूमा डा. छिरिङ लामा, नवराज कुँवर, अनिल पोखरेल, आश्रा कुँवर र माजिद अन्सारी छन् ।
प्रतिक्रिया 4