+
+
Shares

पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल

मन्त्री लम्सालले यस वर्ष १० खर्ब बराबरको टेन्डर लाग्ने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्ष १० खर्ब बराबरको टेन्डर लाग्ने जानकारी दिएका छन् ।
  • उहाँले आगामी तीन वर्षभित्र काम सक्ने गरी यस वर्ष पूर्वाधारतर्फको बजेट विनियोजन गरिएको बताए ।
  • मन्त्री लम्सालले अब बन्ने सडकहरूमा ओभरपास, अन्डरपास र फ्लाइओभर निर्माण गरिने उल्लेख गरे ।

४ असार, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार बजेट यस वर्ष नबुझ्ने गरी बनाइएको बताएका छन् ।

एकै प्रकृतिको आयोजनाको टेन्डर एकै पटक खोल्दा काम गर्ने समय फरक पर्ने भएकाले त्यस्तो समस्या सल्टाउन खोज्दा थोरैथोरै बजेट, धेरै कार्यक्रममा परेजस्तो देखिएको उनले बताए ।

संसद्मा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले यस वर्ष १० खर्ब बराबरको टेन्डर लाग्ने जानकारी दिए । जसलाई आगामी तीन वर्षसम्म सक्ने गरी यस वर्ष बजेट विनियोजन गरिएको दाबी उनको छ ।

सडक सुरक्षामा यसअघिका सरकारहरूले गर्न नसकेको विनियोजन वर्तमान सरकारले गरेको उनले बताए । अहिलेसम्म पहिचान भएका सबै पहिरोमा बजेट राखिएको समेत उनले जानकारी दिए ।

यस वर्ष बजेट किताबमा कम बजेट देखिए पनि अर्को वर्ष थप हुँदै जाने उनको भनाइ छ । अब बन्ने सडकमा ओभरपास, अन्डरपास र फ्लाइओभर बन्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?