+
+
Shares

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एक जना थुनुवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १७:३६

३ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४गते केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९  घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङ संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदविक्री मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गरिइका थिए ।

तर, भदौ २४ गते उनी त्यहाँबाट फरार रहेका थिए ।

पक्राउपछि उनलाई केन्द्रीय कारागारामै बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?