३ असार, काठमाडौं । हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्याइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको उक्त सामान बाजुरा गुल्मबाट असार ३ गते बिहान लाम्पाटा पुर्याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा यही जेठ ३१ गते सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको थियो ।
बुधबार प्रधान कार्यालयको निर्देशनमा नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयबाट बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षा फौजको कामकारबाही बारे जानकारी लिनुको साथै आवश्यक निर्देशन दिए ।
प्रधान कार्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वय समेत प्रधान कार्यालयले नै गर्नेछ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सो टोली जेठ २७ गते उक्त स्थानमा खटिएको थियो । लाम्पाटालाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद हुँदै आएको छ ।
प्रतिक्रिया 4