+
+
Shares

ताक्लाकोटमा तीन तला निर्माणाधीन घरबाट खसेर एक जना नेपाली घाइते

खार्पुनाथ गाउँपालिका-२ का ४० वर्षीय सन्जीव रावल घर निर्माण गर्न क्रममा बिहीबार बिहान तीन तलबाट खसेर घाइते भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको ताक्लाकोटमा निर्माणाधीन तीन तले घरबाट खसेर घाइते भएका हुम्लाका ४० वर्षीय सन्जीव रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
  • रावललाई हिल्सा नाकाबाट हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

४ असार, हुम्ला । हुम्लासँग सिमाना जोडिएको चीनको ताक्लाकाेटमा निर्माणाधीन तीन तल घरबाट खसेर एक जना नेपाली घाइते भएका छन् ।

खार्पुनाथ गाउँपालिका-२ का ४० वर्षीय सन्जीव रावल घर निर्माण गर्न क्रममा बिहीबार बिहान तीन तलबाट खसेर घाइते भएका हुन् ।

घाइते रावललाई हिल्सा नाकाबाट हेलिकप्टरमार्फत सदरमुकाम उद्धार गरी ल्याइएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

रावलको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेकाे हुम्लाका डीएसपी शंकर खडकाले बताए ।

रावलकाे ढाडमा चाेट लागेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?