+
+
Shares

काठमाडौं महानगरको ११ महिनाको बजेट खर्च ४५ प्रतिशतमात्र

जेठ मसान्तसम्म चाुल खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको ४५ प्रतिशत अर्थात् ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
  • कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको विवरण सार्वजनिक गर्नुभयो ।
  • जेठ मसान्तसम्म महानगरको चालु खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्र्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् ।

उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । चालु आव महानगरले २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

जेठ मसान्तसम्म चाुल खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ । महानगरले यस खर्चलाई सन्तोषजनक भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?