+
+
Shares

टोखामा भेटियो पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक किनारमा अन्दाजी ३० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
  • नेपाल प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको पहिचान खुल्न नसकेकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

४ असार, काठमाडौं । काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको हालसम्म पहिचान खुलेको छैन ।

बिहीबार मृत अवस्थामा फेला परेका ती पुरुषबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?