+
+
Shares

राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहितले पार्टी छोडे 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिम्खडासहितका नेता र कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
  • पार्टी आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख भएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
  • राजीनामा दिनेहरूमा काठमाडौं जिल्ला कार्यसमिति र क्षेत्र नम्बर २ का नेताहरू रहेका छन् ।

५ असार, काठमाडौं । राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहित नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख गएको हुँदा पार्टी परित्याग गर्नुपरेको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताएका छन् ।

पार्टीमा भनाई र गराईमा एकरुपता नहुँदा काठमाडौं समितिमा रहेकाहरुले संयुक्त राजीनामा दिएको उनले जानकारी गराएका छन् ।

‘आजको मितिबाट राप्रपा काठमाडौं जिल्लामा विभिन्न तहमा कार्यरत पार्टीका साथीहरू राप्रपाबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गरेका छौं ,’ सिंम्खडाले भने ।

राजीनामा दिनेहरुमा काठमाडौं समिति, काठमाडौं–२ को समितिका लगायत रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?