News Summary
Generated by OK AI. Editorially reviewed.- लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार इजरायली आक्रमणमा कम्तीमा १६ जना नागरिकको मृत्यु भएको छ ।
- नबातीह शहर र आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि इजरायलले लगातार हवाई हमला गरिरहेको छ ।
- दक्षिणी लेबनानमा सक्रिय हिज्बुल्लाहका आश्रयस्थलमा आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायलबीच मतभेद देखिएको छ ।
५ असार, काठमाडौं । इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने शहरहरूमा हवाई आक्रमण गरेको छ । लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी क्षेत्रका शहरहरूमा इजरायलले हमला गरेको दाबी गरेको हो ।
समाचार एजेन्सीको दाबी अनुसार आक्रमणमा परी कम्तिमा पनि १६ लेबनानी नागरिकको मृत्यु भएको छ ।
लेबनानको सरकारी समाचार एजेन्सीको हवाला दिँदै बीबीसीले शुक्रबार बिहानैदेखि नबातीह सहर र आसपासका क्षेत्रमा इजरायलले लगातार हमला गरिरहेको समाचार प्रकाशित गरेको छ ।
तर, अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहितका सबै मोर्चाहरूमा सैन्य कारबाही बन्द हुने उल्लेख थियो ।
पछिल्लो समय अमेरिका र इजरायलबीच दक्षिणी लेबनानमा रहेका हिज्बुल्लाहका आश्रयस्थलमा हमला रोक्ने विषयमा मतभेद बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4