+
+
Shares

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिबी झेल्नु पर्‍यो : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिबी झेल्नुपरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरीबी झेल्नुपरेको बताएका छन् ।
  • उनले प्रतिनिधि सभा बैठकमा श्रम शक्तिले मात्र सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सक्ने भएकाले श्रम अभियान आवश्यक रहेको बताए ।
  • अध्यक्ष साम्पाङले श्रम गर्नेमाथि विभेद नगर्न र श्रमलाई माया गरेर अघि बढ्न सबैलाई आह्वान गरे ।

५ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिबी झेल्नुपरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

अध्यक्ष साम्पाङले श्रमलाई माया गरेर अघि बढन पनि सबैलाई आह्वान गरे ।

श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उनको तर्क छ ।

साम्पाङले भने,‘श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ । हामी कसलाई कति टयाक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारण गरेनौं । फलत हामी सधैंभरि गरिब छौं ।’

अध्यक्ष साम्पाङले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियान सञ्चालन गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?