+
+
Shares

इरान-अमेरिका शान्ति सम्झौता आजका लागि रद्द, जेडी भेन्स स्विट्जरल्यान्ड नजाने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र इरानबीचको शान्ति वार्ताका लागि स्विट्जरल्यान्ड जान लागेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको भ्रमण अन्तिम समयमा रद्द भएको छ ।
  • इजरायलका सुरक्षामन्त्री बेन-ग्वीरले ४ इजरायली सैनिकको मृत्यु भएपछि \"पूरै लेबनान जल्नुपर्ने\" विवादास्पद अभिव्यक्ति दिएका छन् ।
  • इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा गरेको हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

५ असार, काठमाडौं । अमेरिका र इरानबीच बिहीबार फ्रान्समा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । दुवै देशले आजदेखि सम्झौताका सर्तहरूबारे स्विट्जरल्यान्डमा वार्ता गर्ने तय गरेका थिए, जसका लागि अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जानुपर्ने थियो। तर, अन्तिम समयमा आएर यो भ्रमण रद्द भएको छ।

‘द गार्डियन’ को रिपोर्टअनुसार, उपराष्ट्रपतिको स्टाफ र उनीसँगै जाने पत्रकारहरूको टोली विमानस्थल पुगिसके पछि यो निर्णय यति अन्तिम समयमा लिइएको थियो।

ह्वाइट हाउसका दर्जनौँ अधिकारी र विदेशी सञ्चारकर्मीहरू पहिलेदेखि नै स्विट्जरल्यान्डमा उपस्थित थिए।

अमेरिकी मिडिया एक्सियोसका अनुसार, जेडी भेन्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित हुनुको पछाडि लेबनानसम्बन्धी इरानको माग प्रमुख कारण हुन सक्छ।

शान्ति सम्झौतामा सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने कुरा उल्लेख थियो, जसमा लेबनानको युद्ध पनि समावेश छ। तर, लेबनानमाथि इजरायलको लगातारको हमलाले आगामी वार्तालाई लिएर मतभेद पैदा गरिरहेको छ।

इजरायली मन्त्रीको उत्तेजक अभिव्यक्ति

इजरायलका कट्टरपन्थी सुरक्षामन्त्री बेन-ग्वीरले दक्षिणी लेबनानमा ४ इजरायली सैनिकको मृत्यु भएपछि ‘पूरै लेबनान जल्नुपर्ने’ विवादास्पद बयान दिएका छन्।

उनले ‘हरेक इजरायली आमाको आँसुको बदलामा हजारौँ लेबनानी आमाहरू रुनुपर्ने’ बताए।

यसैबीच, फ्रान्सका विदेशमन्त्री जीन-नोएल ब्यारोटले इजरायललाई लेबनानमा सैन्य हमला रोक्न र अमेरिकालाई यस विषयमा इजरायलमाथि दबाब बढाउन आग्रह गरेका छन्।

दक्षिणी लेबनानको कफर तेबनित गाउँमा हेजबुल्लाहको ड्रोन हमलामा परी ५ इजरायली सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।

यसअघि सोही गाउँमा भएको अर्को हमलामा ट्यांक बटालियन कमान्डर ३२ वर्षीय लेफ्टिनेन्ट कर्णेल डोर गेडालिया बेन सिम्होनसहित ४ इजरायली सैनिकको मृत्यु भएको थियो।

इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानका धेरै स्थानहरूमा हमला गरेको छ। लेबनानी सरकारी समाचार एजेन्सीका अनुसार यी हमलाहरूमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हेजबुल्लाहको खतरा पूर्ण रूपमा समाप्त नभएसम्म आफ्ना सैनिकहरू लेबनानमै रहने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?