+
+
Shares

पाथीभरा केबुलकार विवाद समाधान खोज्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरा केबुलकार निर्माण सम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ ।
  • प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा गठित कार्यदललाई सुझाव बुझाउन १५ दिनको समयसीमा तोकिएको छ ।
  • कार्यदलमा सम्बन्धित मन्त्रालय, आन्दोलनरत पक्ष, पाथीभरा क्षेत्र विकास समिति र केबुलकार निर्माण कम्पनीका प्रतिनिधिहरू सदस्य छन् ।

५ असार, काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवम् धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय बिहीबारको निर्णयानुसार प्रधानमन्त्री  बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

कार्यदललाई पाथीभरा मन्दिर जाने केबुलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।

सबै सरोकारवाला पक्षलाई समेटेर बनाइएको उक्त सात सदस्यीय कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबुलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिको प्रतिनिधि सदस्य छन् । साथै केबुलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?