+
फिफा विश्वकप २०२६ :

अमेरिका र अस्ट्रेलियाको नजर नकआउट चरणमा, दबाबमा टर्कीए र पाराग्वे

२०८३ असार  ५ गते १५:१७ २०८३ असार ५ गते १५:१७

सहआयोजक अमेरिका र अस्ट्रेलिया शनिबार बिहान चाँडै मैदान उत्रँदा दुवैको एकै लक्ष्य हुनेछ लगातार दोस्रो जित हात पार्दै नकआउट चरण पुग्ने ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' का आयोजक अमेरिका र अस्ट्रेलिया लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यका साथ शनिबार भिड्दै छन् ।
  • पहिलो खेलमा पराजित भएका टर्किए र पाराग्वे पनि विश्वकप यात्रा बलियो बनाउन पहिलो जितको खोजीमा शनिबार नै प्रतिस्पर्धा गर्दै छन् ।
  • अमेरिका र अस्ट्रेलियाबीचको खेल शनिबार बिहान पौने १ बजे तथा टर्किए र पाराग्वेबीचको खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सहआयोजक अमेरिका र अस्ट्रेलिया शनिबार बिहान चाँडै मैदान उत्रँदा दुवैको एकै लक्ष्य हुनेछ लगातार दोस्रो जित हात पार्दै नकआउट चरण पुग्ने ।

समूह डी मा रहेका अमेरिका र अस्ट्रेलियाबीचको खेल सिएटल स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे सुरु हुनेछ ।

अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४-१ ले पराजित गरेको थियो भने अस्ट्रेलियाले टर्किएलाई २-० ले हराएर विजयी सुरुवात गरेको थियो ।

दुवै टोली त्यो लय कायम राख्दै नकआउट चरणमा स्थान बनाउन चाहन्छन् ।

यस्तै पहिलो खेलमा पराजित भएका दुई टोली टर्किए र पाराग्वे पहिलो जित निकाल्दै नकआउटको सम्भावना कायम राख्न चाहन्छ ।

आयोजक अमेरिकाले पहिलो खेलमा पाराग्वे विरुद्ध प्रभावशाली जित हात पार्दै विश्वकपको यात्रा सुरुवात गरेको थियो ।

प्रतियोगिताको पूर्व सन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरु आइरहेको थिए । अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुरुप खेल्न सक्ला कि नसक्ला भन्ने कुराहरु चलिनै रहे । तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रुपमा बढाएको छ । अब त चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ ।

पहिलो खेलमा फोलारिन बालोगुनले दुई गोल गरेका थिए । त्यसपछि स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतिर ताने ।

यस्तै एसियन कवटामा विश्वकप खेल्दै आएको अस्ट्रेलियाले पनि पहिलो खेलमा डार्क हर्सको रुपमा हेरिएको टर्किएलाई स्तब्ध पार्दै ३ अंक जोड्यो । धेरैका लागि यो केही सरप्राइज नतिजा समेत थियो ।

तर टोनी पोपाभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’मा खेलेको थियो । टोलीको पोजेसन थोरै रहेपनि क्लिनसिट समेत राख्न सफल भयो ।

टर्कीए अस्ट्रेलियाको पोस्टमा ३० सट्स अटेम्प्ट गरेपनि गोल गर्न सफल भएन । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका अस्ट्रेलियन गोलकिपर प्याट्रिक बीचले टर्एको ८ सेभ गरे ।

नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलियाले जित हात पार्‍यो ।

अब आयोजक अमेरिका विरुद्ध पनि सोही लय कायम राख्ने लक्ष्यमा अस्ट्रेलिया छ । अस्ट्रेलिया विश्वकपमा पहिलो पटक समूह चरणमा लगातार खेल जित्ने लक्ष्यमा छ ।

अमेरिका र अस्ट्रेलिया फिफा विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबीच अहिलेसम्म चार खेल भएको छ । जसमा अमेरिकाले २ खेल जित्दा अस्ट्रेलियाले १ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।

अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई हराएको छ । पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को विजयी हासिल गरेको थियो ।

टर्कीए भर्सेस पाराग्वे

यस्तै समूह डी अन्तर्ग टर्कए र पाराग्वेबीचको खेल शनिबार बिहान नेपाली समयअनुसार बिहान ८:४५ बजे सान फ्रान्सिस्को बे एरेनामा सुरु हुनेछ । नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्नुपर्ने भएकोले दुवै टोली दबाबमा हुनेछन् र पहिलो जितको खोजीमा छन् ।

टर्कीए बलियो लय र उच्च अपेक्षाका साथ अमेरिका पुगेको थियो । युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्कीए अमेरिकामा हेर्नलायक टोलीमध्ये एक हो । पोजेसनमा डोमिनेट गरेपनि अन्त्यमा आफूभन्दा कम फिफा वरीयताको अस्ट्रेलियासँग हार्नु पर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको थियो । दुई दर्जनभन्दा बढी प्रयासमा पनि गोल गर्न नसक्दा ठूलो स्टेजमा टर्कीले प्रदर्शन गर्न सक्दैन भन्ने चर्चा हुन थालेको छ ।

टर्कीएले समूहको अन्तिम खेल अमेरिकासँग खेल्ने भएकोले त्यसअघि नै ३ अंक जोडेर सहज अवस्थामा बस्न चाहन्छ ।

उता गुस्ताफो अल्फारोको टोली पाराग्वेले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र कन्सिस्टेन्सी’ले छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो । यसबीच टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई हरायो । अमेरिकाविरुद्धको पराजय विर्सनलायक रहे पनि टर्कीएविरुद्ध पाराग्वेले छनोट प्रतियोगिताको यात्रालाई प्रेरणाका स्रोतका रुपमा लिनेछ ।

टर्किए र पारग्वे विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् भने समग्रमा ३१ वर्षपछि यी दुई टोद्यी खेल्न लागेका हुन् । यसअघि सन् १९९५ मा भएको एक मात्र मैत्रीपूर्ण खेलमा टर्किए र पाराग्वेले बराबरी खेलेका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय