+
+
Shares

हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित हास्य कलाकार खेम शर्मा 'चतुरे' को अमेरिकाको बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
  • स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई टाउसन अस्पतालबाट थप उपचारका लागि फ्यांकलिन स्क्वायर अस्पतालमा रिफर गरिएको थियो ।
  • लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार शर्माले 'चतुरेको दाउपेच' लगायत थुप्रै चर्चित टेलिफिल्म र फिल्ममा अभिनय गरेका छन् ।

काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायरस्थित मेडस्टार अस्पतालमा उनले अन्तिम सास लिए ।

उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट फ्यांकलिन अस्पतालमा रिफर गरिएको थियो ।

उनीसँग थुप्रै सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि शर्माको निधनको पुष्टि गरेका छन् । उनले फेसबुकमा असल साथी गुमाएको उल्लेख गरेका छन् ।

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । ‘चतुरेको दाउपेच’ उनको चर्चित सिरियल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?