News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा जेनजी आन्दोलनको भावलाई नबिर्सन सुझाव दिनुभएको छ ।
- चितवनको भरतपुरमा आयोजित महाधिवेशनमा बोल्दै उहाँले आफ्नो पार्टीको देश बनाउने सपना रास्वपाबाटै पूरा होस् भन्ने चाहना रहेको बताउनुभयो ।
- अध्यक्ष राउतले रास्वपाले जनताको आस्था, विश्वास र शहीदहरूको सपनालाई कहिल्यै नबिर्सने विश्वास समेत व्यक्त गर्नुभयो ।
७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जेनजी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राउतले आफू उक्त महाधिवेशनमा जेनजी आन्दोनलबाट प्राप्त विश्वास नभुल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पारे ।
उनले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको बताए ।
राउतले भने,‘जेनजी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईंहरूको जुन आन्दोलनबाट उदय हुनुभएको छ । जुन जनआस्था प्राप्त गर्नुभएको छ । विश्वास प्राप्त गर्नुभएको छ । त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ–हाम्रो सपना पनि तपाईमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ । त्यसको लागि हामी शुभकामना दिन चाहन्छौँ ।’
राउतले रास्वपाले जेनजी आन्दोलनका शहीदहरूको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4