News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पौने एक बजे बेल्जियम र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।
- पहिलो खेलमा बराबरी खेलेका दुवै टोली आजको खेल जितेर अन्तिम ३२ मा स्थान सुरक्षित गर्न चाहन्छन् ।
- बेल्जियमका मुख्य स्ट्राइकर रोमेलु लुकाकु सुरुवाती टोलीमा फर्कने सम्भावना छ भने जेरेमी डोकूले खेल गुमाउनेछन् ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आज राति समूह ‘जी’ का बेल्जियम र इजिप्ट खेल्दैछन् । उक्त खेल लस एन्जलस स्टेडियममा राति पौने एक बजेबाट सुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा बराबरी खेलेका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली आफ्नो पहिलो खेलमा सुरुवाती अग्रता उल्टाउँदै संघर्षपूर्ण बराबरी खेल्न सफल भएका थिए । पहिलो चरणका खेलहरूमा बेल्जियमले इजिप्टसँग १–१ र इरानले न्युजिल्याण्डसँग २–२ को बराबरी खेलेका थिए ।
समूहका सबै चार टोलीको समान १–१ अंक रहेकाले आजको खेल जित्ने टोलीले अन्तिम ३२ मा आफ्नो स्थान लगभग सुरक्षित गर्नेछ । फुटबल इतिहासमा यी दुई देश पहिलो पटक एकअर्काविरुद्ध मैदान उत्रिन लागेका हुन् ।
इरान तुलनात्मक रुपमा बलियो मानिएको बेल्जियमलाई रोक्ने प्रयत्नमा हुनेछ । बेल्जियम भने इरानमाथि सहज जित निकाल्दै नकआउट चरणमा सम्भावना बलियो बनाउन चाहन्छ । फिफा वरियतामा बेल्जियमा नवौं र इरान २२औं स्थानमा छन् ।

बेल्जियमका लागि पहिलो खेलमा मैदान प्रवेश गरेलगैतै प्रभाव पारेका स्ट्राइकर रोमेलु लुकाकु आज सुरुआती ११ मा फर्कने सम्भावना बलियो छ । प्रशिक्षक रुडी गर्सियाले लुकाकु पूर्ण ९० मिनेटका लागि फिट नभए पनि खेलको सुरुआतदेखि नै इरानी डिफेन्सलाई दबाबमा राख्न उनलाई मैदान उतार्न सक्छन् ।
बेल्जियमको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने ३३ वर्षीय यी स्ट्राइकर आफ्नो शारीरिक शक्ति र उत्कृष्ट फिनिसिङका कारण इरानी डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छन् । कप्तान केभिन डे ब्रुइन र युरी टिलेमान्सले मिडफिल्डबाट आक्रमणको कमान्ड सम्हाल्नेछन् । श्वासप्रश्वासको गम्भीर समस्याका कारण विंगर जेरेमी डोकू इरानविरुद्धको खेल गुमाउनेछ । उनको अभाव मैदानमा खड्किन सक्छ ।

इरानको अग्रपंक्तिका मुख्य खम्बा ३३ वर्षीय स्ट्राइकर मेहदी तारेमी हुन् । युरोपेली फुटबलको राम्रो अनुभव भएका तारेमी काउन्टर–अट्याक र बक्स भित्रको बलियो पोजिसनिङका लागि चिनिन्छन् ।
बेल्जियमको डिफेन्सलाई व्यस्त राख्न र पाएको अवसरलाई गोलमा परिणत गर्न उनी आज चम्कन सक्छन् । ३६ वर्षको उमेरमा अघिल्लो खेलमा गोल र असिस्ट गर्दै विश्वकपकै इतिहासमा सबैभन्दा बढी उमेरमा यो उपलब्धि हासिल गर्ने एसियाली खेलाडी बनेका रामिन रेजायन पनि टोलीका खम्बा हुन् ।
प्रतिक्रिया 4