News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्यूजिल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ ।
- खेलको १५ औं मिनेटमा न्यूजिल्यान्डका फिन सम्र्यानले पहिलो गोल गरे भने ५८ औं मिनेटमा इजिप्टका मोस्तफा जिकोले बराबरी गोल फर्काए ।
- पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि नकआउट चरणमा प्रवेश गर्न यो खेल निकै महत्वपूर्ण मानिएको छ ।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्यूजिल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ ।
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको ५८औं मिनेटमा इजिप्ट खेलमा फर्किएको हो ।
इजिप्टका मोस्तफा जिकोले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काएको हुन् । उनले मोहम्मद हानीको क्रसमा गोल गर्न सफल भए ।
यसअघि फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
प्रतिक्रिया 4