News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकामा जारी खेलमा केप भर्डेले उरुग्वेविरुद्ध २–२ को बराबरी गोल फर्काएको छ।
- खेलको २१औं मिनेटमा केप भर्डेले अग्रता लिए पनि पहिलो हाफको अन्त्यसम्म उरुग्वेले २–१ को अग्रता बनाएको थियो।
- उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले बराबरी गोल फर्काए।
८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा केप भर्डेले उरुग्वेविरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेले ६१औं मिनेटमा बराबरी गोल फर्काएको हो । उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काएको हुन् ।
यसअघि केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको थियो । २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए ।
४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पु¥याएका थिए ।
प्रतिक्रिया 4