+
+
Shares

नेपालका निजी शिक्षण संस्थामा २८ हजार २३५ भवन, २ लाख कक्षाकोठा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:४७

९ असार, काठमाडौं । नेपालका निजी शिक्षण संस्थामा २८ हजार २३५ भवन र झन्डै २ लाख कक्षाकोठा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ ।

सर्वेक्षण अनुसार देशभरि रहेका १० हजार ४११ शिक्षण संस्थामा औसत २.७ वटा भवन र १७.७ कक्षाकोठा रहेको पाइएको छ । यसमध्ये अपांगतामैत्री कक्षा कोठाको संख्या ९ हजार १५ (५ प्रतिशत) र एसी सहितका कक्षा कोठा ७ हजार ३६६ (४ प्रतिशत) रहेको तथ्यांकले देखाएको छ । शिक्षण संस्थामा विद्यार्थीका लागि प्रयोग हुने सवारी साधनको संख्या १६ हजार ३७९ रहेको देखिएको छ ।

देशभरि निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थीले अध्ययन गरिरहेको देखिन्छ । यसमध्ये १० लाख ८० हजार विद्यार्थीले विद्यालयको यातायात सेवा प्रयोग गरेको पाइएको छ ।

४६ हजार २ सय विद्यार्थी विद्यालयको छात्राबासमा आवासीय रुपमा बस्ने गरेको पाइएको छ । ४७ हजार ९ सय विद्यार्थी डे बोर्डसमा रही अध्ययन गर्ने गरेको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?