१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलमा नेदरल्यान्डस्ले तेस्रो गोल प्रहार गरेको छ ।
खेलको ६२ औं मिनेटमा नेदरल्यान्ड्स्का जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका हुन् ।
यो गोलसँगै खेल ३–१ को स्थितिमा आएको छ ।
यसअघि नेदरल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको थियो ।
जसमा पहिलो गोल भने ट्युनिसियाले आत्मघाती खाएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए ।
त्यसपछि सातौं मिखाएको छ । नेदरल्यान्डस्का ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।
यस्तै खेलको ५६ औं मिनेटमा ट्युनिसियाका हजेम मस्तुरीले गोल प्रहार गरेका थिए ।
प्रतिक्रिया 4