+
+
Shares

७ वटै विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते २०:४९

१९ असार, काठमाडौं । सात वटा विश्वविद्यालयमा उपकुलपतिले शपथ लिएका छन् ।

कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए ।

लगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई शपथ खुवाएका हुन् ।

नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन् ।

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?