+
+
Shares

कुल ब्वाय र दिब्याको फिल्म ‘बेहुली’ २६ भदौमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १२:५०

काठमाडौं । कुल ब्वाय र दिब्या रायमाझी अभिनित फिल्म ‘बेहुली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आयोजित पत्रकार सम्मेलनमा पहिलो झलक सार्वजनिक गर्दै फिल्म २६ भदौमा आउने जनाएका हुन् ।

द डिभाइन म्यूजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । पोस्टरले कथावस्तु र चरित्र चित्रणबारे संकेत गर्छ । पोस्टरका पात्र गम्भीर भावमा देखिन्छन् भने चोट पनि देखिन्छ । नाडीमा हतकडी बाँधिएको छ ।

रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी महिला पात्र आँखा चिम्लिएर शान्त मुद्रामा पुरुष पात्रको छातीमा टाउको अडेसाएकी छन् । हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ ।

शीर्ष पुरुषको भूमिकामा कुल ब्वाय र महिलाको रोलमा रायमाझीले अभिनय गरेका छन् । टिकटकमार्फत चिनिएका कन्टेन्ट क्रिएटर कुल ब्वाय पछिल्लो समय फिल्म अभिनयमा सक्रिय छन् ।

पोस्टर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्य कलाकारद्वय चरित्रकै गेटअपमा मिडियासामु प्रस्तुत थिए । फिल्ममा सुशान्त केसीको पनि अभिनय छ । फिल्मलाई ‘होस्टेल ३’ फेम्ड सशान कँडेलले निर्देशन गरेका हुन् । चर्चित सङ्गीतकार समेत रहेका अर्जुन पोखरेलले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?