+
+
Shares

कानुन मन्त्रालय पुग्यो एकीकृत कृषि विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १४:०६

२२ असार, काठमाडौं । सरकारले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन बनाउने तयारी गरेको छ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विधेयक तयार पारेर अगाडि बढाएको छ ।

‘कृषि विधेयक तयार गरी राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ,’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जानकारी दिइन् ।

मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको राष्ट्रिय सभामा जवाफ दिने क्रममा उनले यसबारे जानकारी दिएकी हुन् ।

नेपालमा उत्पा िदन कृषि उपजको न्यूनतम मुल्य तोक्ने, बजार सुनिश्चित गर्ने र निर्यात गर्ने वस्तुका सन्दर्भमा पनि सरकारले काम गरिरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?