२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले राहदानी छपाइसँग सम्बन्धित विषयमा समितिले गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘राहदानी छपाइको बारेमा अहिले समस्या देखिएको छ । भोलि एकैपटक राहदानी छपाइ रोकियो भने हामी गम्भिर समस्यामा पर्छौं । यसको बारेमा समितिमा छलफल गर्न आवश्यक छ,’ उनले भने ।
साथै, राहदानी छपाइमा समस्या देखिएको उल्लेख गर्दै कुनै कारणले छपाइ रोकिएमा मुलुक गम्भीर समस्यामा पर्ने उनले बताए ।
‘यद्यपि त्यसमा विशेष अदालतले टुंगो लगाइसकेको कुरा छ, मुलुकलाई ७१ करोड रुपैयाँ नोक्सान भएको भन्ने कुराहरू आएका छन् । लेखा समितिमा यो विषय छलफल हुन्छ कि हुँदैन ?,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4