काठमाडौं । कमेडियन प्रभात लामा अब फिल्मका हिरो बन्ने भएका छन् । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट उनले डेब्यू गर्न लागेका हुन् ।
केही साताअघि नै उनले यो फिल्म साइन गरेको जानकारी अनलाइनखबरलाई दिए । ‘कमेडी नाइट विथ च्याम्पियन’बाट चर्चामा आएका प्रभात पछिल्लो समय निकै रुचाएका हाँस्य कलाकार हुन् ।
‘उहाँ फिल्ममा लिड रोलमा देखिनुुहुनेछ’ सापकोटाले भने । यसअघि यो फिल्ममा गायक पशुपति शर्मा र अञ्जु पन्तकी छोरी पारितोषिका अनुबन्धित भैसकेका छन् ।
रोचक संयोग के छ भने, यो फिल्म निर्देशक सापकोटासहित अहिलेसम्म अनुबन्धित भैसकेका सबै कलाकारको डेब्यू फिचर हुनेछ । साउनदेखि छायांकनमा जाने फिल्ममा टिभी सिरियलका कलाकार भटभटे पनि जोडिने चर्चा छ, यद्यपि यकिन भैसकेको छैन ।
नयाँ महिला कलाकार लिने तयारी निर्माताको छ । फिल्मलाई रघुनाथ सापकोटाले निर्माण गर्दैछन्।

प्रतिक्रिया 4