+
+
Shares

नेपाल पुलिस स्कुलमा वृक्षारोपणदेखि हुर्काउनेसम्मको ज्ञान सिक्दै विद्यार्थी

चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक विद्यार्थी एक विरुवा वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १९:५८

२४, असार, चितवन । चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक विद्यार्थी एक विरुवा वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।

विद्यार्थीलाई वृक्षारोपणको महत्व जगाउनका लागि वृक्षारोपणदेखि हुर्काउनेसम्मको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेर यस्तो अभियान चलाइएको हो । पुलिस स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापाले विद्यालय शिक्षामा नै वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाइ र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई ज्ञान र सचेतनाको लागि अनिवार्य वृक्षारोपण कार्यक्रमअन्तर्गत यस्तो अभियान सुरु गरिएको जानकारी दिए ।

थापाका अनुसार विद्यालयले हरेक विद्यार्थी, शिक्षक, कर्मचारीलाई विरुवा उपलब्ध गराउने र सबैले आ–आफ्नो घरमा वृक्षारोपण गर्न विरुवा वितरण गरिएको छ ।

एक विद्यार्थी एक विरुवा अभियान अन्तर्गत हरेक विद्यार्थीले आफूलाई मन परेका विभिन्न प्रजातीका विरुवामध्ये कुनै एक प्रजातीका विरुवा छनोट गरी लैजाने र आ-आफ्नो घरमा परिवारसँग मिलेर वृक्षारोपण गर्ने समादेशक थापाले जानकारी दिए ।

विद्यालयले आज मात्रै ८ सय बढि विभिन्न जातका विरुवा वितरण गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

शारीरिक तन्दुरुस्ती, अनुशासन र उत्कृष्ट शिक्षा दिने उद्देश्यले स्थापना गरिएको विद्यालयले विद्यार्थीहरुलाई नैतिक एवम सामाजिक व्यवहारको सम्बन्धको बारेमा विभिन्न कार्यक्रम एवम गतिविधी मार्फत ज्ञान सिप प्रदान गर्दै आईरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकै विद्यालय रहेकोले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी ज्ञान तथा सचेतना विद्यार्थीलाई दिने गरिएको विद्यालयका समादेशक थापाले जानकारी दिए

कक्षा दशमा अध्ययन गर्नेले एक दिन अनिवार्य सामाजिक सेवा गर्ने, विद्यालय शिक्षा मै आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्ने, खेलकुद अन्तर्गतका विभिन्न विधामा नियमित प्रशिक्षण प्रदान गर्ने लगायतका शैक्षिक एवम व्यवहारीक ज्ञान सिप विद्यालयले प्रदान गर्दै आएको समादेशक थापाले बताए । विद्यालयमा कक्षा एकदेखी दशसम्म गरी सात सय भन्दा वढि विद्यार्थी अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?