२५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी भूमिका खेल्न आग्रह गरेको छ ।
विदेशमा भएका सन्तानले नेपालमा रहेका आमाबुबा समेतलाई भोट दिन भनेको र त्यसआधारमा समेत रास्वपाले दुई तिहाइ बहुमत पाएको भन्दै नेकपाले जनमतको सम्मान गर्न आग्रह गरेको हो ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाकी सांसद भीमकुमारी बुढामगरले विदेशिने युवाको ताँती कहिले घट्छ भनेर सोधिन् । सरकारले १०० दिनमा गरेको कामले नेपालमै रोजगारी सिर्जना हुने वातावरण बन्दै गरेको विश्वास हुन नसकेको उनले बताइन् ।
साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने तिर नसोच्न पनि सरकारलाई उनको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4