अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एचवानबी भिसा असाधारण प्रतिभा भएका मानिसहरूका लागि भएको बताएका छन्। उनले यो भिसा धोकेबाजहरूका लागि नभएको स्पष्ट पारेका छन्।
अमेरिकी करदाताहरूको पैसाको सुरक्षा सम्बन्धी एउटा कार्यक्रममा भान्सले उक्त कुरा बताएका हुन्।
उनले एचवानबी भिसा कार्यक्रममा करदाताको पैसाको सही सदुपयोग होस् भन्ने कुरा सुनिश्चित गर्न काम भइरहेको जानकारी दिए। उनले कुनै पनि धोकेबाजले यो भिसा कार्यक्रमको गलत फाइदा उठाउन नसक्ने कुरामा जोड दिए।
उनका अनुसार असाधारण प्रतिभा भएका प्रविधि विशेषज्ञ, वैज्ञानिक वा डाक्टरहरूलाई अमेरिका आउन सजिलो होस् भनेर यो भिसा कार्यक्रम बनाइएको हो। उनीहरूले अमेरिका आएर यो भिसा कार्यक्रमको लाभ लिन सक्ने उनले बताए।
यो भिसा कार्यक्रमको गलत फाइदा उठाउन खोज्नेहरू विरुद्ध समन जारी गरिएको छ। उनीहरू विरुद्ध अनुसन्धान समेत सुरु भइसकेको जानकारी उनले दिएका छन्।
अमेरिकी जागिरहरू अमेरिकी कामदारहरूले नै पाउनुपर्ने भान्सले बताए। यो व्यवस्थाको दुरुपयोग गर्न चाहने विदेशी धोकेबाजहरूलाई अमेरिकी जागिर दिन नसकिने उनले स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4