२५ असार, संखुवासभा । सङखुवासभामा जवरजस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जवरजस्ती करणी मुद्दामा फरार रहेका पाँचखपन नगरपालिका– ७ बस्ने ५७ बर्षीय गंगा बहादुर राई भन्ने दुर्गा बहादुर राईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
राईलाई २८ वर्षपछि पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।
५७ बर्षीय बहादुर राईलाई जवरजस्ती करणी मुद्दामा तत्कालीन पुनरावेदन अदालत धनकुटा इजलासले २०६५ भदौ ५ गते तीन वर्ष कैद सजाय सुनाएको थियो । ५७ बर्षीय राई २०५५ सालमा २२ बर्षीय युवतीलाई जवरजस्ती करणी पछि फरार थिए ।
प्रहरीको विशेष सुराकीको आधारमा खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय वानाले राईलाई पाँचखपन–७ स्थित घर नजिकै बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका राईलाई कानुन कारबाही र सजाय भुक्तानका लागि जिल्ला अदालत चैनपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चालु आर्थिक बर्षमा ६० जना बढी फरार प्रतिवादी पक्राउ गरेको छ ।
प्रतिक्रिया 4