+
+
Shares

संखुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

भविन कार्की भविन कार्की
२०८३ असार २५ गते १४:२०

२५ असार, संखुवासभा । सङखुवासभामा जवरजस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जवरजस्ती करणी मुद्दामा फरार रहेका पाँचखपन नगरपालिका– ७ बस्ने ५७ बर्षीय गंगा बहादुर राई भन्ने दुर्गा बहादुर राईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

राईलाई २८ वर्षपछि पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।

५७ बर्षीय बहादुर राईलाई जवरजस्ती करणी मुद्दामा तत्कालीन पुनरावेदन अदालत धनकुटा इजलासले २०६५ भदौ ५ गते तीन वर्ष कैद सजाय सुनाएको थियो ।  ५७ बर्षीय राई  २०५५ सालमा २२ बर्षीय युवतीलाई जवरजस्ती करणी पछि फरार थिए ।

प्रहरीको विशेष सुराकीको आधारमा खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय वानाले राईलाई पाँचखपन–७ स्थित घर नजिकै बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका राईलाई कानुन कारबाही र सजाय भुक्तानका लागि जिल्ला अदालत चैनपुरमा  बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चालु आर्थिक बर्षमा ६० जना बढी फरार प्रतिवादी पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?