+
+
Shares

अमेरिका र इरानबीच तनाव चुलिएपछि आफ्ना नागरिकलाई के भन्दैछन् अन्य खाडी देश ?  

पूर्वी एसियामा इरान र अमेरिकाबीच फेरि द्वन्द्व बढेपछि अन्य खाडी राष्ट्रहरू पनि प्रभावित भएका छन् । इरानले अमेरिकाको आक्रमण जवाफ दिन भन्दै कुवेत, कतार र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरहरूमा प्रत्याक्रमण थालेका समाचार आइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १५:४२
फाइल तस्वीर

२५ असार, काठमाडौं । पूर्वी एसियामा इरान र अमेरिकाबीच फेरि द्वन्द्व बढेपछि अन्य खाडी राष्ट्रहरू पनि प्रभावित भएका छन् । इरानले अमेरिकाको आक्रमण जवाफ दिन भन्दै कुवेत, कतार र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरहरूमा प्रत्याक्रमण थालेका समाचार आइरहेका छन् ।

यस्तोमा ती देशहरूले आफ्ना नागरिकलाई शान्त र सुरक्षित रहन सन्देश जारी गरेका छन् । बहराइनको गृहमन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना नागरिकका लागि सन्देश जारी गरेको छ ।

जसमा लेखिएको छ, ‘सुरक्षा कारण साइरनहरू सक्रिय गरिएको छन् । हामी देशका मानिसहरूलाई शान्त रहन र नजिकैको सुरक्षित स्थानहरूमा आश्रय लिन आग्रह गर्दछौं ।’ यस्तै, उक्त सन्देशमा नागरिकहरूलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

उता कुवेतको सेनाले आफ्ना वायु रक्षा प्रणाली सक्रिय रहेको बताएको छ । ‘कुवेतको वायु रक्षा प्रणालीले अहिले शत्रुको मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको छ,’ एक्समा भनिएको छ । यस्तै, नागरिकहरूलाई सुरक्षा अधिकारीहरूले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालन गर्न सेनाले भनेको छ ।

कुवेती सेनाका एक जर्नेले विस्फोटको आवाज सुनिए ‘शत्रुको आक्रमण रोक्न वायु रक्षा प्रणालीले गरिरहेको कामको एक हिस्सा सम्झिएर नआत्तिन’ भनेका छन् ।

यस्तै, उनले अपरेसनको क्रममा खसेका अवशेषको नजिक नजान र फोटो वा भिडियो खिच्न, कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर गर्न वा प्रसार गर्नबाट टाढा रहन अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?