+
+
Shares

गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन (तस्वीरहरू)

उनको निधन भएको वीर अस्पताल अगाडि पनि प्रदर्शन भइरहेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार २६ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको छ ।
  • नेपालीको निधनपछि उनका आफन्तले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।
  • नगर प्रहरीले ह्वील लक गरेकै कारण घटना भएको भन्दै मृतकका आफन्तले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

२६ असार, काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज शुक्रबार निधन भयो । उपचारकै क्रममा वीर अस्पतालमा उनको निधन भएको हो ।

उनको निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । उनको निधन भएको वीर अस्पताल अगाडि पनि प्रदर्शन भइरहेको छ ।

राहदानी विभागअगाडि उनको बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेको थियो । यही घटनापछि नेपालीले आत्मदाह गरेको उनका आफन्तको आरोप छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?