News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र काठमाडौं महानगरका नगर प्रहरी बीच बाइक पार्किङको विषयमा भनाभन भएको सार्वजनिक भिडियोमा देखिएको छ ।
- सार्वजनिक भिडियोमा नगर प्रहरीले नमिल्ने स्थानमा बाइक रोकेको भन्दै लक लगाएको र गणेश नेपालीले बाइकमा बस्दा पनि लक लगाएको भन्दै आक्रोश पोखेका छन् ।
- नगर प्रहरीले \'नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर के माला लगाइदिने?\' भन्दै प्रतिप्रश्न गरेपछि दुवै पक्ष बीच भनाभन भएको भिडियोमा स्पष्टसँग सुन्न सकिन्छ ।
२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरी बीच भनाभन भएको पाइएको छ । उनीहरू बीच बाइक त्यहाँ रोकेको विषयमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा नगर प्रहरीले त्यहाँ बाइक किन रोकेको भनेको सुनिन्छ । भिडियोमा गणेशलाई भने स्पष्ट देख्न सकिन्छ । उनले बाइकमा बसिरहँदा पनि लक किन लगाएको भनेर सोधेका छन् । नगर प्रहरीले उनलाई भन्या नमान्ने ? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाइदिने ? भन्दै प्रतिप्रश्न गरेकी छन् ।
आज गणेशको उपचारको क्रममा निधन भइसकेको छ ।
यस्तो छ उनीहरू बीचको भनाभन
महानगर प्रहरी- कहाँ जानु हुन्छ जानू ।
गणेश नेपाली- किन ?
महानगर प्रहरी – किन भागेर आ’को ?
गणेश नेपाली – कहाँ रोक्या थियो भन्नु न ?
महानगर प्रहरी – माथि रोक्याथ्यो
गणेश नेपाली – बाइकमा बस्दा लक लगाउँछ ?
महानगर प्रहरी – भन्या नमान्ने ? मिल्दैन भनें त मैले । के गर्नुहुन्छ भनेर किन भन्नुभयो ?
गणेश नेपाली – म हिंड्न लाको..
महानगर प्रहरी – मेरो मोबाइल झारेर किन भागेर आ’को
गणेश नेपाली – तपाईंले किन लक ल’गा तनि ?
महानगर प्रहरी – नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु ?
गणेश नेपाली – कोले ?
महानगर प्रहरी- माला लाइदिने ?
प्रतिक्रिया 4