+
+
Shares

गणेश नेपालीको निधनबारे आशिका– राज्यले युवालाई अनावश्यक दु:ख दिने होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा मोटरसाइकलमा ह्वीललक लगाइएपछि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने र युवाहरूका लागि सुरक्षित काम गर्ने वातावरण बनाउनुपर्ने माग गरिन् ।
  • सांसद तामाङले राइड सेयरिङ सवारीसाधनलाई आधिकारिक पहिचान दिने व्यवस्था गर्न सरकारसँग माग गर्दै यो घटनाले स्वरोजगार युवाको समस्या उजागर गरेको बताइन् ।

२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बोलेकी छन् । सत्तारुढ दल यो घटनाबारे मौन रहेको भनेर संसद्मै प्रश्न उठिरहेका बेला उनले यो घटनाका सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

‘राइडिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्‍याएपछि आफ्नो राहदानी सम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महागरपालिकाले सवारीमा ह्वीललक लगाएको रहेछ,’ उनले प्रतिनिधिसभाको बैठकमा सुनाइन् ।

यसपछिको मानसिक तनावका कारण गाणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल आत्महत्या गर्न गरेको प्रयासको खबरले आफूहरू अत्यन्त दु:िखत भएको बताइन् ।

उनले भनिन्, ‘यो घटना केवल एक व्यक्तिको दु:खद अन्त्य मात्रै होइन । स्वरोजगारमा संलग्न हजारौं युवाले भोगिरहेको व्यवहारिक समस्यातर्फ राज्यको ध्यानाकर्षण गराउने गम्भीर संकेत पनि हो ।’

उनले युवाहरूको भावना सुन्नुपर्ने बताइन् । उनले भनेकी छन्, ‘युवाहरूलाई अनावश्यक दु:ख दिने होइन । उनीहरूको काम गर्ने वातावरणलाई सुरक्षित र सहज बनाउने राज्यको दायीत्व हो ।’

राइड सेयरिङमा आवद्ध सवारीसाधनलाई छुट्टै पहिचान हुने स्टिकर वा अन्य आधिकारिक चिन्ह उपलब्ध गराइ ट्राफिक प्रहरी वा स्थनीय तहका निकायले टाढैबाट पहिचान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?