+
+
Shares

गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
  • वीर अस्पतालले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरेको सूचना अधिकारी डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
  • मृतकका आफन्तले अहिलेसम्म शव बुझ्न अस्वीकार गरेका छन् भने काठमाडौंका विभिन्न स्थानमा घटनालाई लिएर प्रदर्शन भइरहेको छ ।

२६ असार, काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरेर पठाउँदैछौं,’ डा. बुढाथोकीले अनलाइनखबरसँग भने ।

आफन्तहरूले भने अहिलेसम्म शव बुझेको छैन ।

नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?