News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेललाई कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
- गत २३ असारमा गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा वडाध्यक्ष पटेललाई पक्राउ गरिएको डीएसपी चक्र मल्लले जानकारी दिनुभयो ।
- प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको र घटनामा संलग्न अन्य आरोपितहरूको खोजीकार्य जारी राखेको छ ।
५ साउन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा उनलाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उहाँकै गाउँ हरिहरपुर विर्ताबाट पक्राउ गरिएको डीएसपी चक्र मल्लले जानकारी दिए ।
घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए ।
गत २३ असारमा गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार गरिएको कर्मचारीहरूको भनाइ छ ।
प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको प्रवक्ता चक्र मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य आरोपितहरूको खोजीकार्य भइरहेको छ ।
प्रतिक्रिया 4