News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
- पार्टीको केन्द्रीय निर्देशनपछि एमालेले प्रदेश सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अनुपस्थित भएपछि मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पत्र दर्ता गराएका हुन् ।
६ साउन, काठमाडौं । बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन् । उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा पत्र बुझाउन नपाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएका हुन् ।
एमालेले मन्त्रीको राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्।
प्रदेशमा नेकपा र एमालेसहितले गठबन्धनको तयारी गरेका छन् ।
मन्त्रीहरूले मुख्यमन्त्री बानियाँलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका थिए । उनी नआएपछि कार्यालयमै पत्र दर्ता गराएका हुन् ।
बागमती प्रदेश सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री थिए।
नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले साउन १ गतेदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको थियो।
मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा तीनजनासम्म मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रतिक्रिया 4