News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर छ जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेमा पाँच भारतीय र एक नेपाली नागरिक रहेका छन् भने उनीहरूको साथबाट दुई सय २५ ग्राम खैरो हिरोइन बरामद भएको छ।
- प्रहरीका अनुसार कारबाहीका क्रममा एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको छ।
७ साउन, सिरहा। सिरहामा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो ।
१ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार, पक्राउ पर्नेहरूमा भारतको बिहारका २२ वर्षीय बिद्यानन्द यादव तथा नेपालका सप्तरी रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर, बोदे बरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो जमाहिर आलम, बोदे बरसाइन–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव र डाक्नेश्वरी–२ का ३२ वर्षीय मो. ईमामुद्दिन रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
एसपी पाठकका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले भाग्ने प्रयास गरेपछि चेतावनीस्वरूप ७ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि सबैलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको उनले बताए ।
प्रहरीले उनिहरुलाइ घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण क्रमश: सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।घाइतेहरुको उपचार रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया 4