+
+
Shares

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीहरूले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
  • ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारीहरूलाई नीतिगत सुधार, सुशासन र विद्युतको राष्ट्रिय खपत बढाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
  • आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारको सुशासनको मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै मन्त्रालयसँग समन्वय गरी नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

७ साउन, काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।

ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए । उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए ।

आयोगका पदाधिकारीले सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।  आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको भनाइ थियो । ‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ । मन्त्रालयसँग क्लोज कोर्डिनेसनमा काम गर्छौं । यो टिमले निराश पार्दैन,’ उनले भने ।

आयोगका सदस्यहरूले पनि आफूहरु २०औं वर्ष यही सेक्टरमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री श्रेष्ठले नियामकीय निकायको हिसाबले मन्त्रालयअन्तर्गतको डिओई र एनईएलाई पनि आयोगले सुपरीवेक्षण गर्नुपर्ने बताए । यो टिमबाट आयोगको गरिमा बढ्ने र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । उनले विद्युत प्राधिकरणको खरिद प्रक्रिया पनि कार्यतालिका बनाएर हेर्न सुझाव दिए । ‘यो आयोगलाई गुड गभर्नेन्सको इस्ट्रुमेन्टको रूपमा लिएको छु । आयोगले सामाजिक न्यायलाई पनि हेर्नुपर्यो । पोलिसी ग्यापमा पनि योगदान होस् । कानुनलाई प्रेडेक्टिबल बनाउनुपर्यो,’ उनले भने । आयोगबाट आफूले उर्जासँग सम्बन्धित निकायको शासकीय सुधार चाहेको मन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?