News Summary
Generated by OK AI. Editorially reviewed.- विद्युत् नियमन आयोगको अध्यक्षका लागि १० र सदस्यका लागि २२ जनाको आवेदन परेको छ ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत जेठ ७ गते आवेदन माग गरेको थियो ।
- अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष डा. रामप्रसाद धितालसहित १० जना प्रत्यासी रहेका छन् ।
२२ जेठ, काठमाडौं । विद्युत् नियमन आयोग अध्यक्षका लागि १० जना र सदस्यका लागि २२ जनाको आवेदन परेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिको सूचनापछि अध्यक्ष र सदस्यका लागि कुल ३२ जनाको आवेदन परेको हो ।
आयोग ऐन, २०७४ को दफा ४५ बमोजिम १ जना अध्यक्ष र ४ जना सदस्य (एक महिलासहित) पदमा नियुक्तिका लागि जेठ ७ गते आवेदन आह्वान गरिएको थियो ।
१५ दिन अर्थात् जेठ २१ गतेसम्मका समय दिएर आह्वान गरिएकोमा ३२ जनाले आवेदन दिएको सिफारिस समितिले जनाएको छ ।
अध्यक्षका लागि निर्वतमान अध्यक्ष डा. राम प्रसाद धितालसहित इन्जिनियर रुद्र प्रसाद गौतम, केशव अधिकारी, रामेश्वर प्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोती बहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् ।
सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि आयोगका अध्यक्ष धितालसहित सदस्यहरू पदबाट स्वतः हटेका थिए ।
सदस्यहरूमा डा. शेखर अर्याल, राजिव कुमार सिंह, निरज्जल बस्नेत, रुद्रप्रसाद सिटौला, ब्रजमोहन झा, सुरेश बहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्माले आवेदन दिएका छन् ।
त्यस्तै अन्य आवेदकमा विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्रसिंह भण्डारी, नारायण प्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तिकला सुवेदी र कुशेह्वर प्रसाद साहु रहेका छन् । नारायण प्रसाद सापकोटा र शान्तिकला सुवेदीले भने अध्यक्ष र सदस्य दुवै पदका लागि आवेदन दिएका हुन् ।
प्रतिक्रिया 4