+
+
Shares

सुखीपुरका मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर

सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले एकै पटक साउन २८ गतेसम्मको हाजिर गरेको पाइएको छ ।

सुरेश राय सुरेश राय
२०८३ साउन १२ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै २८ गतेसम्मको अग्रिम हाजिर गरेको भेटिएको छ।
  • सरकारी हाजिरी रजिस्ट्ररमै भविष्यको मितिसम्म हस्ताक्षर गरिएपछि कर्मचारीको अनुशासन र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
  • नगर प्रमुखका छोरासमेत रहेका डा. यादवले यसलाई सामान्य त्रुटि भन्दै बचाउ गरेका छन् भने नगर प्रमुखले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

१२ साउन, सिरहा। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिर एकै पटक गरेको भेटिएको छ।

अनलाइनखबरले साउन १२ गते (आज) फेला पारेको अस्पतालको हाजिर रजिस्ट्ररमा उनले साउन २८ गतेसम्मको हाजिर गरिसकेको पाइएको हो ।

सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्ट्ररमै साउन २८ सम्मको हस्ताक्षर गरिएको देखिएपछि कर्मचारी उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन तथा सुशासनमाथि नै प्रश्न उठेको छ।

यस विषयमा प्रतिक्रिया माग्दा डा. लुस्युनकुमार यादवले कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ भन्दै सामान्य त्रुटि भएको दाबी गरे। साउन १२ गते नै २८ गतेसम्मको हाजिर कसरी भयो ? भन्ने प्रश्न राख्दा उनले पुनः कहिलेकाहीँ मिस्टेक हुन सक्छ भन्दै फोन काटे ।

घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू बाहिर छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन।

स्रोतका अनुसार डा. यादव सुखीपुर नगरपालिका प्रमुखका छोरा हुन्। उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?