News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न विवादबारे गृह मन्त्रालयमा सुरक्षा प्रमुखसहितको उच्चस्तरीय छलफल सुरु भएको छ ।
- आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा भएको झडपपछि सुनसरीसहित तराईका अन्य जिल्लाहरूमा समेत अशान्ति र विवाद फैलिएको छ ।
- गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसहितको बैठकले वर्तमान सुरक्षा स्थितिको समीक्षा गर्दै आवश्यक कदमबारे छलफल गरिरहेका छन् ।
१२ साउन, काठमाडौं । सुनसरी घटनाका बारेमा गृह मन्त्रालयमा सुरक्षा प्रमुखसहितको उपस्थितीमा छलफल सुरु भएको छ ।
आइतबार राति सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि दुई पक्षबीच उत्पन्न विवाद र झडपको घटनाहरू अन्य जिल्लाहरूमा पनि फैलिएको छ । यसैबारे छलफलमा गर्न नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायत गृह मन्त्रालयमा पुगेका छन् ।
मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठलगायतको उपस्थितिमा छलफल सुरु भएको छ । यसअघि सोमबार साँझ पनि सुनसरी घटनाका बारेमा मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा हो-हल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
यो विवाद तराईको अन्य जिल्लाहरूमा पनि फैलिएको छ ।
प्रतिक्रिया 4