+
+
Shares

कप्तानगन्जका घाइतेलाई काठमाडौं रेफर

बिहीबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवलाई काठमाडौं रेफर गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका अमित यादवलाई थप उपचारका लागि बिहीबार काठमाडौं पठाइएको छ।
  • कप्तानगन्ज घटनामा प्रहरीको गोली प्रहारबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ।
  • उक्त घटनामा परी अन्य आठ जना घाइते भएका छन् र प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

१४ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

बिहीबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवलाई काठमाडौं रेफर गरिएको हो। यादवको बायाँ हात र कोखामा गोली लागेको छ । मोरङ प्रहरीले थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको बताएको छ ।

कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?