News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका अमित यादवलाई थप उपचारका लागि बिहीबार काठमाडौं पठाइएको छ।
- कप्तानगन्ज घटनामा प्रहरीको गोली प्रहारबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ।
- उक्त घटनामा परी अन्य आठ जना घाइते भएका छन् र प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
१४ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
बिहीबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवलाई काठमाडौं रेफर गरिएको हो। यादवको बायाँ हात र कोखामा गोली लागेको छ । मोरङ प्रहरीले थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको बताएको छ ।
कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4