+
+
Shares

दुई दशकपछि कोलकाता फर्किन् तसलीमा नसरीन

करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन करिब दुई दशकपछि शुक्रबार नयाँ दिल्लीबाट कोलकाता आइपुगेकी छिन् ।
  • उनले 'म यहाँ पाहुना बनेर होइन, बंगालकै एक हिस्सा बनेर फर्किएकी हुँ' भन्दै आफ्नो खुसी व्यक्त गरेकी छिन् ।
  • उनी आगामी साउन १७ गते आयोजना हुने एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कोलकाता पुगेकी हुन् ।

१५, साउन, काठमाडौं । निर्वासित बंगलादेशी लेखिका तस्लीमा नसरीन शुक्रबार नयाँ दिल्लीबाट कोलकाता पुगेकी छन् । करिब दुई दशकअघि विवादित पुस्तक ‘द्विखण्डितो’ को विरोधमा भएको प्रदर्शनपछि उनी कोलाकाता छाड्न बाध्य भएकी थिइन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि पुगेका मानिसहरूलाई तस्लीमा नसरीनले हात जोडेर अभिवादन गरेकी थिइन् ।

‘मलाई आफ्नै देश फर्किएको जस्तो अनुभूति भइरहेको छ । बंगाल मेरो मनमा कहिल्यै विभाजित भएको छैन,’ उनले भनिन्, ‘म यहाँ पाहुना बनेर होइन, बंगालकै एक हिस्सा बनेर फर्किएकी हुँ ।’

उनी अगस्ट १ मा आयोजना हुने एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कोलकाता पुगेकी बताइएको छ । सन् २००७ पछि कोलकातामा तस्लीमा नसरीनको यो पहिलो सार्वजनिक उपस्थिति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?