News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको ठूलीभेरी नदीमा बगेका तीनवटा खच्चडको नेपाली सेनाको टोलीले आइतबार सकुशल उद्धार गरेको छ।
- संग्राम शार्दुल गुल्मका उपसेनानी सन्तोष राईको नेतृत्वमा खटिएको नौ जनाको टोलीले उक्त उद्धार कार्य सम्पन्न गरेको हो।
- उद्धार गरिएका खच्चड त्रिपुरासुन्दरी नगरपालिका-८ का १४ वर्षीय नविन केसीको भएको पुष्टि भएको छ।
१७ साउन, डोल्पा । डोल्पाको ठूलीभेरी नदीले बगाएका तीन वटा खच्चडलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।
आइतबार बिहान करिब साढे ११ बजे ठूलीभेरी नदीमा बग्दै गरेका खच्चडहरू देखेपछि नेपाली सेनाको टोली उद्धारका लागि खटेको थियो ।।
संग्राम शार्दुल गुल्मका उपसेनानी सन्तोष राईको कमान्डमा खटिएको ९ जनाको उद्धार टोलीले तीन वटा खच्चडको सकुशल उद्धार गरेको हो ।
नदीमा बगिरहेका चारमध्ये तीन वटा खच्चडलाई सकुशल उद्धार गरेको र एउटा खच्चडलाई भने बचाउन नसकिएको राईले बताए ।
उद्धार गरिएका खच्चड त्रिपुरासुन्दरी नगरपालिका-८ पहाडाका १४ वर्षीय नविन केसीको रहेको खुलेको राईले जानकारी दिए।
उद्धारपछि खच्चडहरू ठूलीभेरी नगरपालिकाका नगर प्रहरी हवल्दार वीरबहादुर रोकायाको रोहबरमा आवश्यक प्रक्रिया पूरागरी सम्बधित धनीलाई जिम्मा लगाइएको छ ।
प्रतिक्रिया 4