+
+
Shares

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको मध्यपहाडी राजमार्गबाट बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
  • दुर्घटनामा गोलन्जोर गाउँपालिका–१ का गणेश थापा, चालक र एक जना हेल्पर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  • काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

१८ साउन, काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?