+
+
Shares

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको अनुसन्धान बजेट आधाले कटौती

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ९:४४

१९ साउन, चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, रामपुर (चितवन) को चालु आर्थिक वर्षका लागि अनुसन्धानतर्फको बजेट झन्डै आधाले कटौती गरिएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष अनुसन्धानका लागि १ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर चालु आर्थिक वर्षका लागि उक्त रकम घटाएर ६४ लाख रुपैयाँ मात्रै छुट्याइएको छ ।

अनुसन्धान कार्यक्रमकै बजेट कटौती भएपछि कार्यालयले सञ्चालन गर्दै आएका विभिन्न अनुसन्धानात्मक कार्यक्रम प्रभावित हुने देखिएको छ ।

कार्यालय प्रमुख देवीप्रसाद अधिकारीका अनुसार सञ्चालनमा रहेका अनुसन्धान कार्यक्रम र त्यसका लागि आवश्यक बजेट माग गरिए पनि विभागबाट अपेक्षाभन्दा कम बजेट प्राप्त भएकाले केही अनुसन्धान कार्यक्रम रोक्नुपर्ने अवस्था आएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष चालु र पुँजीगत गरी ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये चालुतर्फ ५ करोड ५४ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ ९५ लाख २७ हजार रुपैयाँ छुट्याइएको थियो । चालु बजेटबाटै कार्यालयले अनुसन्धानका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तर चालु आर्थिक वर्षमा भने कुल ४ करोड ९२ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यसमध्ये चालुतर्फ ४ करोड ४७ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ ४४ लाख ५४ हजार रुपैयाँ मात्रै छुट्याइएको छ । पुँजीगत बजेट पनि गत वर्षको तुलनामा झन्डै आधाभन्दा बढीले घटाइएको छ ।

विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त गाईका नस्ल, आहारा, प्रजनन, स्वास्थ्य, उत्पादन तथा व्यवस्थापनसम्बन्धी प्रविधिको विकास गरी सिफारिस गर्ने जिम्मेवारी पाएको कार्यालयले बजेट कटौतीका कारण अनुसन्धान कार्यक्रम नै खुम्चिने अवस्था आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?